न्यायालय खोल्नुपर्ने माग राख्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

न्यायालय खोल्नुपर्ने माग राख्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ।

भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो।

उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ। बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसरमा पनि धर्ना दिने, प्रदर्शन गर्ने गतिविधि गर्दै आएको छ। प्रहरीले पनि उनीहरुलाई धरपकड गरेर हटाउँदै आएको छ।

Skip This
Skip This
Logo