ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन आंशिकरुपमा खुल्ला

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन आंशिकरुपमा खुल्ला

केन्द्रबिन्दु
0
Shares

लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आंशिकरुपमा मात्रै खुल्ने भएको छ।

यातायात व्यवस्था विभागले आवेदकको चाप उच्च हुँदा सिस्टममा समस्या भएपछि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिस्टमनै बन्द गर्ने भएको हो।

विभागले आवेदकको चाप बढ्दा कार्यालयको काममा चाप परेको बताएको छ। यस अनुसार अब विहान १० देखि साँझ ५ बजेसम्म ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन भर्न सकिने छैन।

Logo