एमाले प्रदेश २ को भेला सम्पन्न, शीर्ष नेताहरूको उपस्थिती

एमाले प्रदेश २ को भेला सम्पन्न, शीर्ष नेताहरूको उपस्थिती

केन्द्रबिन्दु
0
Shares

एमाले शीर्ष नेताहरूको उपस्थितीमा प्रदेश २ को भेला सम्पन्न भएको छ। महोत्तरीको बर्दिबासमा एमाले प्रदेश २ को भेला सम्पन्न भएको हो।

उपमहासचिव विष्णु पौडेल, महाअधिवेशन सहसंयोजक सुरेन्द्र पाण्डेसहित स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यको सहभागिताबीच आयोजित भेलामा महाअधिवेशनको तयारी र चुनावी अभियानको विषयमा छलफल भएको नेकपा एमाले प्रदेश २ ले जनाएको छ।

चुनावी अभियानलाई प्रदेश २ मा कसरी बलियो बनाउने र महाधिवेशन प्रतिनिधि छनोटमा भएको विवाद कसरी  सुल्झाउने भन्ने विषयमा पौडेलले मैत्रीपूर्ण वातावरण तयार गर्न निर्देशन दिएको पौडेललाई उदृत गर्दै प्रदेश कमिटी सदस्य गोपाल बरालले बताए।

प्रदेश २ मा महाअधिवेशन प्रतिनिधि चयन गर्दासमेत निक्कै ठूको विवाद सिर्जना भएको थियो। अहिलेसम्म कुनै पनि जिल्लामा विवादका कारण प्रतिनिधि चयन हुन सकेका छैनन्।

यही विवादलाई सहजीकरण गर्नका लागि पनि  विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायत नेताहरू प्रदेश २ मा आएको एक नेताले जानकारी दिए।

महोत्तरीमा प्रतिनिधिका आकांक्षी तेब्बर छन्। विधानअनुसार सदस्य संख्याको आधारमा महोत्तरीमा बढीमा ३० जना प्रतिनिधि मात्रै चयन हुनेछन्। आकांक्षी धेरै भएपछि चयन गर्न निक्कै सकस भइरहेको महोत्तरी जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले बताए। 

महोत्तरी जस्तै प्रदेश २ का अन्य जिल्लामा पनि विवाद कायम नै छ। अहिले प्रदेश २ मा नेकपा एमाले र नेकपा एसको तुलना गर्दा नेकपा एस नै बलियो देखिएको छ। 

नेकपा एमालेका प्रदेश २ मा २१ जना प्रदेशसभा सदस्य मध्य १३ जना नेकपा एसमा छन्। नेकपा एस प्रदेशकै तेस्रो ठूलो पार्टी बनेपछि मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारमा सहभागी गराउने प्रक्रिया अगाडि बढाएका छन्।

नेकपा एसलाई प्रदेश सरकारमा सामेल गराउन मुख्यमन्त्रीले मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका छन्।

Skip This
Skip This
Logo