देउवाकै कारण कांग्रेसमा विचलन आयो: प्रकाशमान सिंह

देउवाकै कारण कांग्रेसमा विचलन आयो: प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

कांग्रेसका नेता प्रकाशमान सिंहले सभापती शेरबहादुर देउवा असफल भइसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले देउवाले नेतृत्व गरेपछि नै  कांग्रेसमा विचलन आएको दाबी गरे । 

कम्युनिस्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्‍यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उनको आरोप छ। उनले न्यायालयमा देखिएको विरोधमा सरकार नबोलेकोमा आश्चर्य लागेको बताए । उनले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको समेत बताए ।अहिले देशमा सरकार रहेकोले सरकार विहीन अवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताए । आश्नन अधिवेशनको सभापतिको बारेमा भने उनले केही बेलेनन् ।

Skip This
Skip This
Logo