केपी ओली र एमाले मधेसका खलनायक हुन्: प्रचण्ड

केपी ओली र एमाले मधेसका खलनायक हुन्: प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसको खलनायक एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मधेसका मुद्दाहरूमा केपी ओलीले नै कुठाराघात गरेको आरोप लगाए ।

आफू प्रधानमन्त्री हुँदा मधेसका मुद्दालाई केन्द्रित गर्दै दुई पटक संसद्मा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा केपी ओलीले नै रोकेको उनले दाबी गरे ।

जनयुद्धदेखि जनआन्दोलनमानसमेत माओवादी केन्द्रले मधेसका मुद्दालाई मुख्य प्राथमिकतामा राखेको बताउँदै उनले भने, `माओवादी मधेसको साथी नभएको र माओवादीले मधेसी जनतालाई कुठाराघात गरेको भनेर बदनाम गर्न अर्बौँ खर्चेर मधेसमा परिचालन गरेको थियो ।´

माओवादी मधेसी जनताको सच्चा साथी भएको प्रमाणित गर्न आफू सिरहाबाट चुनाव लडेको तर त्यसबाट मात्र आफूले भ्रम चिर्न नसकेको उनको भनाइ छ । पछिल्लो समय मधेसी जनताले माओवादीलाई बुझ्दै गएको हुनाले आगामी चुनावमा माओवादी केन्द्र प्रदेशकै पहिलो पाटी बन्ने अध्यक्ष दाहालले दाबी गरे ।

मधेसको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेसको भिलेन भएको तर्क गरे । 

प्रदेश-२ का कुना काप्चामा गएर मधेसीहरूको भावना नजिकबाट बुझेको बताउँदै अध्यक्ष प्रचण्डले भने, `मधेसको पहिचान, मुद्दा  र समस्याहरूलाई माओवादीले मात्र सम्बोधन गर्न सक्छ ।´

रामगोपालपुरमा झन्डै ८ हजार संख्यामा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिँचाइ, यातायात, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्यालाई समाधान गर्नेतर्फ पनि प्रतिबद्धता जनाए ।

रामगोपालपुरबाट भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लागि लालपुर्जा वितरण गर्ने कार्यको शुभारम्भ भएको बताउँदै आगामी दिनमा अन्य ठाउँमा पनि भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने उनको आश्वासन थियो । 

महोत्तरीको रामगोपालपुरमा आजै  सात वटा आधारभूत स्वास्थ्य चौकी र एउटा कोभिड अस्पतालकोसमेत प्रचण्डले शिलान्यास गरेका थिए ।

Skip This
Skip This
Logo