महिला लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा लघुवित्तको खुद नाफा ४४ दशमलव २१ प्रतिशतले बढेर दुई करोड ८६ लाख ७७ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले एक करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६० दशमलव ७३ प्रतिशतले बढेर छ करोड ५५ लाख ७१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड सात लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन नाफा २२ दशमलव १८ प्रतिशतले बढेर एक करोड ९३ लाख ९५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक करोड ५८ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो।































प्रतिक्रिया