आज ५८० वर्षयताकै लामो चन्द्रग्रहण, कुन देशबाट देख्न सकिन्छ?

आज ५८० वर्षयताकै लामो चन्द्रग्रहण, कुन देशबाट देख्न सकिन्छ?

केन्द्रबिन्दु
0
Shares

यस वर्ष सन् २०२१ को अन्तिम चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हो। पछिल्लो ५८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ।

यो चन्द्रग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्च विन्दुमा पुग्नेछ। यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ। चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरिय क्षेत्र लगायतबाट देखिनेछ।

ज्योतिष शास्त्रमा चन्द्रग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ। खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्रग्रहण लाग्दछ। तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्रग्रहण लाग्ने गर्दछ।

चन्द्रग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ। यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो। आजको चन्द्रग्रहणपछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ।

Skip This
Skip This
Logo