प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकिल र कर्मचारीलाई पनि बाँकी राखेनन्

प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकिल र कर्मचारीलाई पनि बाँकी राखेनन्

केन्द्रबिन्दु
0
Shares

विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्घात कुटेका छन् । मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले  न्यायाधीशलाई कुटेका हुन् । 

बिहीबार दिउँसो दुई जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए । आक्रमणअघि उनीहरूले न्यायाधीशमाथि बन्दुक तेर्साएर थिए । सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाइ गरिरहेका थिए ।

पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ । अदालतमा भएको घटनाबाट उनी विक्षिप्त भएको बताइएको छ । प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरूलाई पनि कुटेका थिए । 

अदालतले सो घटनालाई अप्रत्याशित भन्दै त्यसबारे छानबिन गर्न सरकारसँग माग गरेको छ । आक्रमणपछि प्रहरी अधिकारीहरू मुछिएको भनिएको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

Logo