सूर्यविनायक नगरपालिका–९ चामुथलीमा ३५० घरपरिवारका लागि खानेपानी वितरण गर्ने लक्ष्यका
एक लाख लिटर क्षमताको पानी ट्याङकी निर्माण गरिएको छ।
दिव्य डाँडा खानेपानी उपभोक्ता समितिले ३५० घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ सो ट्याङकी निर्माण गरेको हो। ट्याङकी निर्माणसँगै स्थानीयवासीलाई पानी वितरणसमेत सुरु गरिएको छ।
एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले शुक्रबार संयुक्तरुपमा उक्त ट्याङकीको उद्घाटन गरेका हुन्।
त्यस्तै सूर्यविनायक नगरपालिका–८ बाँसिडोल हुँदै सिपाडोल जाने सडक विस्तार र स्तरोन्नति पनि सुरु गरिएको छ।





























प्रतिक्रिया