प्रदेश नं. २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १२३ पुग्यो

प्रदेश नं. २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १२३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

प्रदेश नं. २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थालेको छ । बुधबार प्रदेश नं. २ मा ३७ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजयकुमार झाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट ९ महिला र २८ पुरुष गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनले थप ३७ सहित प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १३ हजार १०८ पुगेको र सक्रिय सङ्क्रमित पाँच हजार ८०३ रहेको बताए।

झाले नयाँ थपिएकामा सिरहामा ६, धनुषामा एक, सर्लाही र सप्तरीमा १५ /१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए । उनले कोरोना भाइरसका कारण प्रदेश नं.२ मा सिरहाको औरही गाँउपालिका वडा नं. ३ का एक ५० वर्षीय पुरुषको मृत्यु भएको बताए। योसँगै प्रदेश २ मा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ ।

Logo