नेकपा एमालेकाे आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने निश्चित भएको छ। दशौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा दिएको जानकारी दिएका छन्।
उनका अनुसार हालसम्म भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेशन पार्टी आउने निश्चित भएको हो। त्यसैगरी बंगला देशको कम्युनिष्ट पार्टी अफ बंगलादेशका तर्फबाट आउने निश्चित भएको छ। रिभोलेसनरी वर्कर पार्टीको तर्फबाट पनि आउँछु भनेर खबर पठाएको संयोजक भट्टराईले जानकारी दिए। उनका अनुसार श्रीलंकाबाट जेभीपी पार्टीका प्रतिनिधि आउने भनेर निश्चित गरेका छन्।
‘त्यस्तै कम्बोडियाको सत्तासीन पार्टी कम्बोडियन पिपुल्स पार्टीको प्रतिनिधिले पनि आउने निश्चित भएको छ। फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ। टर्कीको वामपन्थी पार्टीले आउने भनेको छ । यद्यपि, त्यहाँ कोरोना बढेका कारण निश्चित भएको छैन,’ उनले भनेका छन् ।
युरोपमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने कुरा गरेको उनले उल्लेख गरेका छन्।





























प्रतिक्रिया