प्रदेश २ मा पनि विस्तार भयो मन्त्रिपरिषद्, यी हुन नवनियुक्त मन्त्रीहरू

प्रदेश २ मा पनि विस्तार भयो मन्त्रिपरिषद्, यी हुन नवनियुक्त मन्त्रीहरू

केन्द्रबिन्दु
0
Shares

दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ । 

आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा  गोपनीयताको शपथ गराएका हुन् ।

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहसहितको सहभागिता थियो । 

योसँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा (एस)को गठबन्धन सरकार भएको छ ।

Logo