परिवार दलको अध्यक्षमा एकनाथ ढकाल दोहोरिए

परिवार दलको अध्यक्षमा एकनाथ ढकाल दोहोरिए

केन्द्रबिन्दु
0
Shares

नेपाल परिवार दलका तेस्रो राष्ट्रिय महाधिवेशन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित गदै सम्पन्न भएको छ । शनिवार सुरु भएको महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आइतबार सम्पन्न भएको हो ।

‘सबै खाले विभेदको अन्त्य गरौँ: सुसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ  नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविदा सुधार आयोग लगायतको विषयलाई पारित गरेको छ ।  थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरू सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्व स्वीकार्य बनाउन नेपाली उत्पीडित समुदायको हक अधिकार थप सुनिश्चित गर्न आवश्यक पर्ने सुधारको लागी संविधान सुधार सिफारिस आयोग गठन गनुपर्नेकुरालाई महाधिवेशनबाट पारित गरेको छ ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा  गणेशकुमार श्रेष्ठ, महामन्त्री सन्तोष कुमार पौडेल, महामन्त्रीमै  प्रकाशबाबु थापा, ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य माननिय मिलन कुमारी राजवंशी, रूपसिंह भण्डारी, मनोज कुमार सुर्खेत,अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी, कोषाध्यक्षमा गोविन्द नाथ मिश्र सह कोषाध्यक्षमा बुद्धि माया पुन मगर  निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ’आर्थिक क्रान्तिको दशक’ घोषण गदै तराई मधेसका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने संविधान गतिशील दस्ताबेज भएकाले समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्ने जोड दिएका छन् ।

Skip This
Skip This
Logo