‘चपली हाइट-३’ ले सार्वजनिक गर्याे अफिसियल ट्रेलर (भिडियाे)

‘चपली हाइट-३’ ले सार्वजनिक गर्याे अफिसियल ट्रेलर (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘चपली हाइट-३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्रको २ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक भएको हो।

चलचित्र पुस २ गते रिलिज हुँदैछ। सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको हो।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन्। 

त्यस्तै चलचित्रमा प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत अभिनय छ। चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन्।

 

Skip This
Skip This
Logo