नेपाल बारले आज राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै, प्रधानन्यायाधीशको बर्खास्ती माग

नेपाल बारले आज राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै, प्रधानन्यायाधीशको बर्खास्ती माग

केन्द्रबिन्दु
0
Shares

करिव एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो।

बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदै आएको छ। तर, दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो।

नेपाल बार १४ कात्तिकदेखि आन्दाेलनरत छ। पछिल्लो पटक बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ। 

सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।

Skip This
Skip This
Logo