१० खेलाडीमा समेटिएको ग्रानडालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
रियलको सहज जीतमा मार्को एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले १/१ गोल गरे। घरेलु टोली ग्रानडाका लागि लुइस जाभियर सुआरेजले एक गोल फर्काए।
खेल सुरु हुनु अघि नै ग्रानडाका प्रशिक्षक रोबर्ट मोरेनोले बेन्चमा रातो कार्ड पाउँदै दर्शक दीर्घामा पुगेका थिए। खेलको ६७ मिनेटमा मिडफिल्डर मोन्चुले सिधै रातो कार्ड पाउँदा ग्रानडा १० खेलाडीमा सिमित भयो।
जीतसँगै रियलले रियल सोसाईडाडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। १३ औं चरणका खेल सकिँदा ३० अंक बनाएर मड्रिड तालिकामा पहिलो स्थानमा छ।
सोसिडाड २९ अंकसहित दोस्रो स्थानमा रहँदा सेभिल्ला २८ अंकसहित तेस्रो स्थानमा रहँदा २६ अंक बनाएको एथ्लेटिको मड्रिड चौथो स्थानमा छ।
रियलसँग पराजित भएको ग्रानडा भने रेलिगेशन जोन नजिक छ। ११ अंक बनाएको ग्रानडा १७औँ स्थानमा छ।





























प्रतिक्रिया