कांग्रेस महाधिवेशनः दाङ-१ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे निर्वाचित

कांग्रेस महाधिवेशनः दाङ-१ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई हराउँदै उनी जिल्ला सभापति बनेका हुन्। पाण्डेले ४ सय २२ मत प्राप्त गर्दा डिसीले २ सय ५७ मतमै चित्त बुझाए। 

पाण्डे अहिले पनि क्षेत्रीय सभापति हुन्। पाण्डेको टीम नै निर्वाचित भएको छ। उनी संस्थापन पक्षका उम्मेदवार हुन्।

काे काे विजयी भए?

सभापति: भेषराज पाण्डे- ४२२ (विजयी)
सर्वजित डिसी- २५७

सचिव २
कृष्णकुमार चौधरी २३५  
खेमलाल चौधरी ४२१ (विजयी)
राजेन्द्र खड्का २३८
हरिहर शर्मा ४०० (विजयी)

सहसचिव २
गोविन्दकुमार वली ४६३ (विजयी)
प्रकाशकुमार जिसी ४०८ (विजयी)
मीनराज अधिकारी २४२
जमिर साह १८३

Logo