मलेसियालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

मलेसियालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ। विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो। 

नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन जोडिन्। सीताले ३८ बलमा तीन चौका प्रहार गरिन्। त्यस्तै कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुवरले १० रनको योगदान दिए।  मलेशियाकी आइस्या इलिसाले एक विकेट हात पारिन्। 

यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को आइसीसी क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल खडा गरेको थियो।

मलेसियाका लागि एल्सा हन्टरले ३९ रन बनाएकी थिइन्। त्यस्तै मस ऐल्साले १४ र युसरिना याकुुपले १२ रन जोडेकी थिइन् । नेपालकी सवनम राईले दुई तथा कप्तान रुविना क्षेत्री, सीता राना मगर र  कविता कुन्वार समान एक विकेट लिएका थिए।

जितसँगै नेपाल ४ खेलबाट ६ अंक भएको छ। ३ खेलबाट समान ६ अंक भएपनि यूएई नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। ६ टोली सहभागी प्रतियोगिताको शीर्ष १ ले ग्लोबल छनोटमा स्थान बनाउनेछ। 

Skip This
Skip This
Logo