राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।
धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज-४ का सुरेश मुखियाले बताए। उनले भने,´गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन्।`
जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटक पटक स्थानीयको घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए।
उनले भने, ´छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौँ।`































प्रतिक्रिया