महिनावारीमा गोठ होइन, घरभित्रै बस्ने जुम्लाका दुई जोडी सम्मानित

महिनावारीमा गोठ होइन, घरभित्रै बस्ने जुम्लाका दुई जोडी सम्मानित

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशमा जकडिएर रहेको छाउपडी प्रथाले आजको आधुनिक समाजलाई जिस्काइरहेको छ । महिनावारीमा घरभित्र पसेमा देउता रिसाउने अन्धविश्वासले कर्णाली बासी छाउपडी (गोठमा बस्ने) मा बस्ने गरेका छन् । जसको कारण धेरै महिलाले अकालमै ज्यान गुमाएका छन् । यो परम्पराविरुद्ध धेरै सचेतना कार्यक्रम भए पनि यो एक अन्धविश्वास हो भनेर मान्न धेरैले सकिरहेका छैनन् । 

तर जुम्ला पातारासी गाउँपालिका–२ का दुई जोडीले भने यो परम्परालाई तोड्दै महिनावारीमा पनि घर भित्रै बस्ने गरेका छन् । यो उदाहरणीय काम गरेको भनेर उनीहरुलाई सम्मान गरिएको छ ।  महिनावारी  तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई  ढाकाटोपी र पछ्यौरा ओढाएर सम्मान गरिएको हो । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने तथा अरूलाई बस्न प्रेरित गरेको भन्दै उनीहरूलाई हौसला स्वरूप  सम्मान गरिएको हो ।

कर्णाली प्रदेशको जुम्लामा कुरीतिका रूपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको पातारासी गाउँपालिकाले छुई गोठमुक्त अभियान थालेको छ । गाउँपालिका र सर्वोदय नेपालले महिला र धामी झाँक्रीलाई सँगै राखेर सचेत गराउँदै महिनावारी भएको वेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जोगाएको हो । जुन अभियान अहिले सार्थक बनिरहेको छ ।

महिनावारी भएका बेला गाईको गोठमा बस्ने  परम्परा तोडेको भन्दै पातारासीको दुई वडाका तल्फीगाउँ, परे गाउँ, धोप  गाउँ छुई गोठ मुक्त गरिएको छ । महिनावारी भएका बेला  गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षिमान बेहोराले आग्रह गरे ।

Skip This
Skip This
Logo