समता घरेलु लघुवित्तले ७ पुसमा बोलायो साधारणसभा

समता घरेलु लघुवित्तले ७ पुसमा बोलायो साधारणसभा

केन्द्रबिन्दु
0
Shares

समता घरेलु लघुवित्तले ७ पुसमा वार्षिक साधारणसभा डाकेको छ। २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित कम्पनीले मिराबेल रिसाेर्ट एन्ड होटल, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो। 

सभामा कम्पनीले आर्थिक वर्ष २०७७-७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद वितरण गर्ने प्रस्ताव छ। त्यसैगरी, संस्थाको केन्द्रीय कार्यालय बनेपा ७ काभ्रेमा स्थान्तरण गर्ने प्रस्ताव पनि छ।

अन्य कुनै उपयुक्त लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह लगायतको विषयमा छलफल हुनेछ। सभा प्रयोजनार्थ कम्पनीले २४ मंसिरदेखि ७ पुससम्म बुक क्लोज गर्नेछ। 

Logo