चेल्सी र युनाइटेडले अंक बाँडे, सिटीको जित

चेल्सी र युनाइटेडले अंक बाँडे, सिटीको जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा म्यानचेष्टर सिटीले जित हात पारेकाे छ। आइतबार राति चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको ५०औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ६९औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको हार टारेका हुन्। 

बराबरीसँगै चेल्सी १३ खेलमा ३० अंक जोड्दै शीर्ष स्थानमा छ। युनाइटेड १८ अंक जोडेर आठौँ स्थानमा छ।

आइतबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले १-१ गोल गरे। वेस्ट ह्यामका म्यानुएल लान्जिनीले १ गोल फर्काए।

आइतबार राति लेष्टर सिटीले वाट्फोर्डलाई ४-२ अन्तरले हराउदा  ब्रेन्टफोर्डले एभर्टनलाई १-० अन्तरले हरायो। जितसँगै सिटी दोस्रो २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। सिटीभन्दा एक अंक कम लिभरपुल तेस्रो स्थानमा छ।

Logo