हेर्नुहोस् विदेशी मुद्राको आजको विनिमय दर

हेर्नुहोस् विदेशी मुद्राको आजको विनिमय दर

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५६ पैसा र बिक्री दर १२० रुपैयाँ १६ पैसा कायम गरेको छ। 

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ११ पैसा छ। युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १५ पैसा र बिक्री दर १५९ रुपैयाँ ९५ पैसा रहेको छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०९ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५२ पैसा र बिक्री दर ८५ रुपैयाँ ९५ पैसा छ। आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २७ पैसा छ। 

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५४ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६० पैसा र बिक्री दर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ।

Logo