एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीबार रहेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दैछ। यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

एभरेष्टले लाभांश वितरण गर्न १ पुसमा आफ्नो केन्द्रिय कार्यालय लाजिम्पाटमा २७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सो सभा बिहान १० बजे सुरू हुनेछ। सभामा जुममार्फत सहभागी हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्डको व्यवस्था गरिएको छ।

सभामा हाल कायम चुक्ता पुँजीको छ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करसहित गरी चार दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। बैंकको प्रबन्धपत्र संशोधन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ।

Skip This
Skip This
Logo