काठमाडौँको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ।
काठमाडौँ महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा शुक्रबार दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिउँसो २ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहायताले झण्डै तीन घण्टापछि नियन्त्रणमा लिएको जानकारी दिए।
कालिकोट घर भई नयाँबजार बस्दै आएका ४९ वर्षीय जनम हमालले सञ्चालन गरेको कारखानामा आगलागी हुँदा झण्डै डेढ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगलागी हुँदा ब्याङ्क्वेट, गलैँचा र लत्ताकपडा जलेर नष्ट भएको प्रवक्ता मैनालीले बताए।





























प्रतिक्रिया