रुपन्देही प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको सामान बरामद गरेको छ। प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले रुपन्देहीको देवदह नगरपालिका-५ बाट अवैध सामान बरामद गरेको हो।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-३९ वर्षीय अस्लाम अन्सारीले लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैधरुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० कार्टुन मोबिल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
उनका अनुसार बरामद भएकाे सामान, पिकअप गाडी र गाडी धनीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।































प्रतिक्रिया