सन् २०२१ काे अन्तिम सूर्यग्रहण आज, नेपालबाट भने नदेखिने

सन् २०२१ काे अन्तिम सूर्यग्रहण आज, नेपालबाट भने नदेखिने

केन्द्रबिन्दु
0
Shares

आज सूर्य ग्रहण लाग्ने भएको छ। यो सूर्य ग्रहणलाई यस अङ्ग्रेजी वर्षको अन्तिम सूर्य ग्रहण मानिएको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो सूर्य ग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिनेछ। तर, यो ग्रहण नेपालबाट देखिने छैन। नेपाल पृथ्वीको दक्षिणी गोलार्धमा नभएकाले यो सूर्य ग्रहण नेपालबाट नदेखिने भएको हो।

जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आउँछ, तब सूर्य ग्रहण हुन्छ। चन्द्रमाले पृथ्वीबाट देखिने ग्रहणलाई पूर्णरुपमा वा आधा वा केही अंश मात्र पनि छोपेको हुनसक्छ। यो सूर्य ग्रहण अन्टार्टिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण अमेरिका, नामिबिया, चिली, न्युजिल्यान्ड तथा एटलान्टिकको दक्षिणी भागबाट देखिनेछ।

सूतक बार्नु नपर्ने
यो ग्रहण नेपाली समयअनुसार बिहान ११:१५ मा प्रारम्भ भएर दिउँसो ३:२२ बजे समाप्त हुनेछ। पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलका अनुसार नेपालमा नदेखिने हुँदा यसको सूतक बारिरहनु पर्दैन।

Logo