रेश्मा भलिबल छनोटको पहिलो चरणबाटै बाहिर

रेश्मा भलिबल छनोटको पहिलो चरणबाटै बाहिर

केन्द्रबिन्दु
0
Shares

नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ। रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभीएले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल (एभीसी सेन्ट्रल जोन) मा सहभागी हुने खेलाडीको लागि शनिबार पहिलो चरणको नाम छनोट गरेको हो। 

संघले यसअघि पहिलो चरणको प्रशिक्षणमा २० खेलाडीलाई संघले बोलाएको थियो। जसबाट दोस्रो चरणका लागि १५ खेलाडी नाम सार्वजनिक गरिएको हो। जसबाट अन्तिम १२ छनोट अर्काे साता हुनेछ। 

संघले नियमित राष्ट्रिय टोलीबाट खेलिरहेकी रेश्मालाई  बाहिर राखेको छ। विभागीय टोली एपीएफ क्लबमा आवद्ध रेश्माले क्लब स्तरमासमेत राम्रो प्रदर्शन दिन सकिरहेकी थिइनन्। संघले १३औँ दक्षिण एसियाली प्रतियोगिता र सेन्ट्रर जोन खेलेकी जानकी भण्डारी र पुनम चन्दलाईसमेत बाहिर राखेको छ। 

पहिलो चरणबाट प्रशिक्षक जगदिश भट्टले पुलिसकी शान्तिकला तामाङ र उषा विष्टलाईसमेत बाहिर राखेका छन्। पहिलो चरणमा आर्मीका पाँच खेलाडी छन्। यस्तै, पुलिसबाट चार खेलाडी रहदा न्यू डायमण्ड एकेडेमी र एपीएफ क्लबबाट समान ३-३ खेलाडी रहेका छन्। 

प्रशिक्षक जगदिश भट्टले १५ सदस्यीय टोलीमा लक्ष्मी चन्दलाई पहिलो पटक स्थान दिएका छन्। 

प्रतियोगिता २१ देखि २९ डिसेम्बरसम्म बंगलादेशमा आयोजना हुँदैछ। नेपाल साविक विजेतासमेत हो। नेपालले फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। 

यस्तै, संघले पुरुषतर्फंको नाम नाम भोलि (आइतबार) सार्वजनिक गर्ने जनाएकाे छ। 

न्यू डायमण्ड एकेडेमी : अरुना शाही,  प्रतिभा माली, सलिना श्रेष्ठ
नेपाल पुलिस क्लब : उषा भण्डारी, मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द
त्रिभुवन आर्मी क्लब : शान्ति थारु, सफिया पुन, सुनिता खड्का, कृपा अधिकारी, सरस्वती जैशी 
एपीएफ क्लब : सरस्वती चौधरी, कविता भट्ट, निरुता थगुङ्ना।

Logo