पीएसजी हारबाट जोगियो, लगातार दोस्रो बराबरी

पीएसजी हारबाट जोगियो, लगातार दोस्रो बराबरी

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वानको शीर्षस्थान टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) आरसी लेन्सविरुद्ध हारबाट जोगिएको छ। शनिबार राति भएको खेलमा जर्जिन्हो वाइनाल्डमले इन्जुरी समयमा गोल गरेपछि पीएसजीले घरेलु टोली लेन्ससँग १–१ अन्तरको बराबरी खेल्दै हारबाट जोगिएको हो। 

पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफको ६२ मिनेटमा सेको फोफानाले गोल गर्दै घरेलु टोली लेन्सलाई १–० को अग्रता दिलाए। वाइनाल्डमलले इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाए। 

बराबरीसँगै पीएसजी १७ खेलबाट १३ जित, ३ बराबरी र १ हारसँगै ४२ अंक जोडेर शीर्षस्थानमा छ। पराजित लेन्स समान खेलबाट २७ अंक जोडेर पाँचौं स्थानमा छ। यता, दोस्रो स्थानको मार्सेली २९ अंकसहित दोस्रो स्थानमा छ। 

Skip This
Skip This
Logo