संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन रोचक ढंगले सम्पन्न भएको छ।
पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएको राप्रपाको एकता महाधिवेशनमा सबैभन्दा बढी मत खुल्लातर्फका उपाध्यक्ष विक्रम पाण्डेले ल्याउन सफल भएका छन्।
गत मंसिर १५–१७ मा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा शनिवार राति अबेरसम्म खसेको ३ हजार १७ मध्ये पाण्डेले २ हजार ५२१ मत ल्याएर सर्वाधिक मत ल्याउने उम्मेद्वार हुन सफल भएका छन् भने महामन्त्रीका उम्मेदवार सर्वाधिक मत ल्याउने उम्मेदवारमा दोस्रो नम्बरमा रहेका छन्। जसअनुसार महामन्त्रीका उम्मेदवार राणाले २ हजार २ सय ५१ मत प्राप्त गरेका थिए।
आइतवार बिहान निर्वाचन समितिले सार्वजनिक गरेको सुची अनुसार सबैभन्दा बढी मत ल्याउने विभिन्न कलस्टरका उम्मेदवारको नामावलीः
अध्यक्षः राजेन्द्र लिङदेन– १८४४
खुल्ला उपाध्यक्षः विक्रम पाण्डे– २५२१
महिला उपाध्यक्ष: रोशन कार्की–१५८९
खुल्ला महामन्त्रीः धवल शमशेर राणा – २२२१
महिला महामन्त्रीः कुन्तिकुमारी शाही – २००८
आदिवासी जनजाति खुल्लाः आङनिमा शेर्पा –२०२५
मुस्लिम खुल्लाः मदिना खातुन – १७५४
महिला खुल्लाः कुन्तिदेवी पोखरेल – २०८०
मधेसी खुल्ला – १९५२
प्रवास खुल्ला– शशीकुमार सिल्वाल १५३१
उत्पीडित खुल्ला– मिना स्वर्णकार १४६३
कर्णाली तथा पिछडिएको क्षेत्र– कालिबहादुर शाही





























प्रतिक्रिया