कांग्रेस सुदूरपश्चिम सभापतिमा बलायरको जीत सुनिश्चित

कांग्रेस सुदूरपश्चिम सभापतिमा बलायरको जीत सुनिश्चित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायरको जीत सुनिश्चित भएको छ। 

प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७ मत गणना गर्न बाँकी रहँदा बलायर ३७९ मत अन्तरसहित अगाडी छन्। 

९१० मत गणना हुँदा संस्थापन पक्षका बलायरले ६ सय ३९ मत पाएका छन् भने, इतर पक्षका मिश्रले २५० मत पाएका छन्। यसैगरी उपसभापतिमामा पनि देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको पनि जीत सुनिश्चित बनेको छ।

Logo