राप्रपा केन्द्रिय सदस्यमा कुन्तीदेवी पोखरेल विजयी

राप्रपा केन्द्रिय सदस्यमा कुन्तीदेवी पोखरेल विजयी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय सदस्यमा कुन्तीदेवी पोखरेल विजयी भएकी छन्। आइतबार बिहान सार्वजनिक मतपरिणामका अनुसार पोखरेलले २०८० मत प्राप्त गरेकी छन् ।

मतपरिणामका अनुसार पार्टीको उपाध्यक्षमा निर्वाचित विक्रम पाण्डेले २५२१ मत प्राप्त गरेका छन् भने महामन्त्री धवलशमशेर राणाले २२२१ मत प्राप्त गरेका छन्। पाण्डे र राणापछि पोखरेलले सबैभन्दा धेरै मत प्राप्त गरेकी हुन्।

यस्तै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन ।

महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन्।

को हुन् पोखरेल ?

पोखरेल राप्रपाको राष्ट्रिय राजनीतिमा विगत १० वर्षदेखि सक्रिय छिन्। आफ्नो व्यवसायसँगसँगै उनले राजनीतिक यात्रा सुरु गरेकी थिइन्। हरेक राष्ट्रिय मामिलामा खुलेर प्रस्तुत हुने उनको स्वभाव छ। उनी विशेषगरी आम नागरिकका समस्यामा केन्द्रित हुने महिला नेतृ हुन्।

Logo