नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदैछ।
पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेद्वारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो।
पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास प्रधानले सबैभन्दा धेरै मत ल्याउने बानियाँलाई समर्थन जनाएका छन्। प्रधानले एक सय ९७ मत ल्याएका थिए । उनले कृष्णप्रसाद सिटौला समूहबाट सभापतिमा उम्मेद्वारी दिएका थिए। केन्द्रमा सभापति शेरबहादुर देउवा र सिटौलाबीच गठबन्धन छ।
दोस्रो स्थानमा मत पाउने संस्थापन इतरका जगदीश्वरनरसिंह केसी र बानियाँबीच चुनावी प्रतिस्पर्धा हुँदैछ।































प्रतिक्रिया