राप्रपा नवनिर्वाचित पदाधिकारीसहित केन्द्रिय सदस्यहरुले सपथ लिए

राप्रपा नवनिर्वाचित पदाधिकारीसहित केन्द्रिय सदस्यहरुले सपथ लिए

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले सपथ ग्रहण गरेका छन । आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । 
नवनिर्वाचित केन्द्रिय अध्यक्ष लिङदेनले केन्द्रिय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट सपथ लिएका छन् । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले सपथ गराएका थिए । त्यसलगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई अध्यक्ष लिङदेनले सपथ खुवाएका थिए ।

सपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी थिएनन् । कार्यक्रममा केन्द्रिय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनसहितका पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

 
काठमाडौंको भृकटीमण्डपमा आईतबार बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रिय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रिय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन ।  
 

Skip This
Skip This
Logo