पराजित भएपछि कमल थापाकाे मन फाट्याे, भने, ‘केले सिउने केले टाल्ने हो?’

पराजित भएपछि कमल थापाकाे मन फाट्याे, भने, ‘केले सिउने केले टाल्ने हो?’

केन्द्रबिन्दु
0
Shares

राप्रपा अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापाले आइतबार दिनभरि सामाजिक संजालमा विभिन्न अभिव्यक्तिहरू पाेखिरहेका छन्। 

यसैक्रममा उनले पछिल्लाे पटक फेसबुकमा एउटा भावुक स्टाटस लेख्दै आफ्नाे मन फाटेकाे र सिउने र टाल्ले वस्तु नभेटेकाे बताएका छन्। 

उनले कवि राजेन्द्र थापाको कविताकाे एक अंश लेख्दै मन फाटेकाे र सिउने के ले हाे भन्दै प्रश्न गरेका छन्। उनकाे अभिव्यक्तिमा हारपछिकाे निराशा देख्न सकिन्छ। उनले लेखेका छन्। 

मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्योः
"पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो?"

Skip This
Skip This
Logo