कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान् पक्राउ

कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान् पक्राउ

केन्द्रबिन्दु
0
Shares

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् । 

दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।

उनका अनुसार मङ्सिर १६ गते घरायसी झगडा हुँदा लिम्बूले आफ्नै ४९ वर्षीया श्रीमती घनादेवी आचार्यलाई कुटपिट गरेको र घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ। प्रहरीले घटनाका बारे थप अनुसन्धान सुरु गरेको उनले बताए।

Logo