बैंक तथा वित्तीय संस्थाहरूको ५० प्रतिशत कर्जा आयातमै लगानी

बैंक तथा वित्तीय संस्थाहरूको ५० प्रतिशत कर्जा आयातमै लगानी

केन्द्रबिन्दु
0
Shares

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जाको ५० प्रतिशत आयातमै लगानी हुन थालेको छ। आयात उच्च वृद्धि भएसँगै बैंकहरूको कर्जाको ठूलो हिस्सा पनि यसैमा खर्च भएको हो। 

बिहीबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले कर्जाको ठूलो हिस्सा आयातमा जाँदा बजारमा तरलता अभाव भएको जानकारी दिए। 

उच्च आयातका कारण व्यापारघाटा चुलिँदै गएको भन्दै उनले विलासी सामान आयातमा कडाइ गर्ने नीति लिएकोसमेत जानकारी दिए। राष्ट्र बैंकले केही समयअघि चाँदी आयातमा कडाइ गरिसकेको छ।

यसैगरी निक्षेप र कर्जाको वृद्धिको ग्यापले पनि तरलतामा असर गरेको गभर्नर अधिकारीको भनाइ थियो। ‘६४ अर्ब निक्षेप बढ्दा ४११ अर्ब कर्जा प्रवाह भएको छ’ उनले भने,  ‘प्रवाह भएको कर्जा पनि आयातकै लागि प्रयोग हुँदा तरलताको समस्या भएको हो।’ 

Skip This
Skip This
Logo