भिल्लारियल यूईएफए च्याम्पियन्सकाे नकआउटमा

भिल्लारियल यूईएफए च्याम्पियन्सकाे नकआउटमा

केन्द्रबिन्दु
0
Shares

स्पेनिस क्लब भिल्लारियल यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। 

बिहीबार राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा ३-२ अन्तरले पराजित गर्दै भिल्लारियल समूह ‘एफ’ को उपविजेताको रुपमा नक आउटमा स्थान बनाएको हो।

यसै समूहबाट म्यानचेष्टर युनाईटेड विजेताको रुपमा अघिल्लो चरणमा स्थान बनायो। 

भिल्लारियलको  जितमा अर्नाउट डानजुमादे दुई तथा इटिन कापोइले एक गोल गरे। पराजित एटलान्टाका रुस्लान मालिनोभ्स्की र डुभान जापटाले गोल गरे।

Logo