ए डिभिजन लिग पहिलो पटक मोफसलमा, मनाङको तीन खेल पोखरामा तय

ए डिभिजन लिग पहिलो पटक मोफसलमा, मनाङको तीन खेल पोखरामा तय

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगका खेल मोफसलमा लैजाँदै नवाैँ चरणसम्मको तालिका सार्वजनिक गरेको छ। 

सोमबार एन्फाले पोखरामा मनाङ मर्स्याङ्दी क्लबको तीन खेल तय गर्दै नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो। 

जारी लिगको चौथो चरण साेमबारबाट सकिँदैछ। एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार मनाङले पाँचौँ चरणमा नेपाल पुलिससँग ३ पुसमा पोखरा रंगशालामा खेल्नेछ। 

यस्तै मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग ११ पुषमा खेल्नेछ। मनाङले पोखरामा अन्तिम खेल च्यासल युथविरुद्ध २४ पुषमा खेल्नेछ। 

लिगको सातौं चरणसम्म शीर्षस्थानमा रहने टोलीले एएफसी कप खेल्नेछ। जारी लिगमा १० अंक जोड्दै मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ। 

Logo