नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “हाेण्डाको साथ ७” र थप १५ लाख नामक स्किम अन्तर्गत पाल्पाकी सवित्रा श्रेष्ठ विजयी भएकी छन् ।
हरेक प्रदेशबाट हाेण्डाको मोटरसाइकल तथा स्कुटर खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिएको छ । सोमबार काठमाडाैं एक कार्यक्रम गरी कम्पनीले विजेताहरूको नाम गोलाप्रथाबाट चुनेको थियो । ‘हाेण्डाको साथ ७’ मा ४ जना महिला र ३ जना पुरुषले एक–एक लाख रुपैयाँ जितेका छन् ।
नेपालमा पहिलो पटक सबै प्रदेशलाई समावेश गरेर कम्पनीले भाग्यशाली विजेता छानेको हो । कम्पनीले दसैँ तथा तिहार स्किम अन्तर्गत नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यो योजना सार्वजनिक गरेको थियो ।
यस योजना अन्तर्गत योजना अवधि भर होण्डाका ग्राहकहरूले स्क्रयाच कुपन मार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार पाउने कम्पनीले जनाएको थियो । यसका साथै यो योजना अन्तर्गत ग्राहकले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नेछन् । यति मात्र नभई यस योजनामा ग्राहकले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् ।
हण्डाको स्किमः स्कुटर किन्दा पाल्पाकी सवित्रा श्रेष्ठले जितिन बम्परमा १५ लाख
हण्डाको स्किमः स्कुटर किन्दा पाल्पाकी सवित्रा श्रेष्ठले जितिन बम्परमा १५ लाख
Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, 13 December 2021































प्रतिक्रिया