एभरेष्ट बैंकको साधारणसभा १ पुसमा, यस्ता छन् एजेण्डा

एभरेष्ट बैंकको साधारणसभा १ पुसमा, यस्ता छन् एजेण्डा

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट बैंकले १ पुसमा २७औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेत गरी चार दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ।

प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने लगायतका एजेन्डा छन्। 

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि १७ मंसिरमा बुक क्लोज गरेको छ। यसअनुसार, १६ मंसिरसम्म नेप्सेमा कायम रहेका सेयरधनीले लाभांश प्राप्त गरेका छन्।

Logo