प्रा. सुरेश पाण्डेको हाडजोर्नी तथा नशासम्बन्धी पुस्तक सार्वजनिक

प्रा. सुरेश पाण्डेको हाडजोर्नी तथा नशासम्बन्धी पुस्तक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चिकित्सा क्षेत्रमा नशा तथा हाडजोर्नीसम्बन्धी अध्ययन र अध्यापनका लागि लक्षित पुस्तक ‘टेस्ट बुक अफ अर्थोपेडिक्स’ विमोचन गरिएको छ। वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्राध्यापक सुरेश पाण्डेकाे उक्त पुस्तक विमोचन गरिएकाे हाे।  

आर्थोस्कोपिक सोसाइटी अफ नेपालका केन्द्रीय  अध्यक्ष डा सुदिपमान वैद्य, नेपाल अर्थोपेडिक एशोसियशन जिल्ला शाखाका संस्थापक अध्यक्ष प्रा डा आनन्दप्रसाद रेग्मी, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, वरिष्ठ क्यान्सर सर्जन  प्रा डा भक्तमान श्रेष्ठ, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा डा माधव घिमिरे, डा प्रमोद लामिछाने, डा गोपेन्द्र देवलगायतले उक्त पुस्तक एमबिबिएस तथा अर्थोपेडिक सर्जरीमा अध्ययनरत विद्यार्थीका साथै अध्यापकका लागि निकै प्रभावकारी हुने बताए। 

लेखक प्रा डा पाण्डेले यो पाठ्य पुस्तक नेपाली चिकित्सकले नै लेखेको पहिलो पुस्तक भएको र करिब छ वर्षको निरन्तर प्रयासपछि मात्र पुस्तक प्रकाशनमा ल्याउन सफल भएको जानकारी दिए। राजधानी बाहिर चितवनलाई कर्मथलो बनाइ करिब १५ वर्षदेखि अध्यापन र बिरामीको सेवा गर्दै आएका र नेपाल अर्थोपेडिक एशोसियशन चितवन शाखाको अध्यक्षसमेत रहेका उनी हाल भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेजको अर्थोपेडिक विभागमा कार्यरत छन्। 

Skip This
Skip This
Logo