मकवानपुरमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

मकवानपुरमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

केन्द्रबिन्दु
0
Shares

मकवानपुर ।

मकवानपुरको राक्सिराङमा भएको बलेरो दुर्घटनामा मृत्युहुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुजन शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउसो मनहरीबाट सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको बोलेरो दुर्घटनामा दुई बालकको घटनास्थलमै मृत्यु भएको थियो भने शाही गम्भीर घाइते भएका थिए ।

शाहीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

Logo