मल्टिपर्पस फाइनान्सले घोषणा गर्‍यो लाभांश

मल्टिपर्पस फाइनान्सले घोषणा गर्‍यो लाभांश

केन्द्रबिन्दु
0
Shares

मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफा र सेयर प्रिमियमबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको २८ मंसिरमा सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर सोको कर प्रयोजनार्थ शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्तगर्न सक्नेछन् ।  

Logo