वर्ल्डलिंकको सद्भावना दूतमा निर्मल पुर्जा नियुक्त

वर्ल्डलिंकको सद्भावना दूतमा निर्मल पुर्जा नियुक्त

केन्द्रबिन्दु
0
Shares

आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा वर्ल्डलिंकको सद्भावना दूत नियुक्त भएका छन्। बुधवार आयोजित एक कार्यक्रमकाबीच वर्ल्डलिंकले पुर्जालाई सद्भावना दूत नियुक्त गरेको हो।

पुर्जाको हिमाल आरोहण सम्बन्धी कथामा आधारित भएर तयार परिएको वृत्तचित्र केही साता अघि मात्रै नेटफिक्समार्फत विश्वभर सार्वजनिक भएको छ । नोभेम्बर ३० मा सार्वजनिक भएको वृत्तचित्र नेटफिक्सको सर्वाधिक लोकप्रिय मध्ये एक हो । 

१५० एमबीपीएस गतिको इन्टरनेट

सोही कार्यक्रमकाबीच वर्ल्डलिंकले आफ्नो नयाँ योजना समेत सार्वजनिक गरेको छ । वर्ल्डलिंकका हालका प्रयोगकर्ताहरूले नयाँ योजनामा सहजै लिन सक्नेछन् । योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तीमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ। उपभोक्ताले पहिलेको भन्दा पनि सस्तो मूल्यमा कम्तीमा पनि १५० एम्बीपीएस गतिको इन्टरनेटको अनुभव लिन पाउने कम्पनीको दाबी रहेको छ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् प्रति महिना एक हजार दुई सय रुपैयाँमा १५० एम्बीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ।  

 

Skip This
Skip This
Logo