उच्च र जिल्ला अदालतमा माघ २ देखि गोलाप्रक्रियाबाट पेसी: सर्वोच्च

उच्च र जिल्ला अदालतमा माघ २ देखि गोलाप्रक्रियाबाट पेसी: सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको छ। 

सर्वोच्च अदालतमा बुधबार बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो। साथै बैठकले उक्त प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न उच्च र जिल्ला अदालतको नियमावली संशोधन र निर्देशिका तयार गर्ने निर्णयसमेत गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठकले आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा गोलाप्रक्रिया प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ र त्यसका लागि नियमावली संशोधन गर्ने र निर्देशिका र मस्यौदा तयारी गरी पूर्ण बैठकमा पेस गर्न सर्वोच्च प्रशासनमा निर्देशन दिने निर्णय भएको छ।

सर्वोच्च अदालतमा मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले अदालतमा भइरहेका विकृतिविसङ्गति हटाउन गोलाप्रक्रियाबाट पेसी तोक्न सुझाव दिएको थियो।

Skip This
Skip This
Logo