स्काउटका गतिविधि स्थानीय तहसम्म विस्तार गरिनेछः संयोजक भण्डारी

स्काउटका गतिविधि स्थानीय तहसम्म विस्तार गरिनेछः संयोजक भण्डारी

केन्द्रबिन्दु
0
Shares

नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको बैठकले स्थानीय तह, जिल्ला र प्रदेशस्तरमा अधिवेशन र भेलासहित गतिविधि विस्तार गर्ने निर्णय गरेको छ। 

समितिका संयोजक लोकबहादुर भण्डारीको अध्यक्षतामा बुधबार भएको बैठकले संस्थाको गतिविधि बढाउने निर्णय गरेको हो । नेपाल सरकारको गत असोज ७ को निर्णयबाट हटाइएका भण्डारी सर्वाेच्च अदालतको मङ्सिर ८ गतेको अन्तरिम आदेशबाट पुनःबहाली भई मङ्सिर २६ गतेदेखि काममा फर्किएका छन्।
     
विश्वका स्काउटका सैद्धान्तिक मूल्य, मान्यताअनुरुप नेपालमा स्काउटिङ गतिविधिलाई व्यवस्थित गर्दै नियमित सञ्चालन गर्न नेपाल स्काउट ऐन, २०५० बमोजिम २०७५ पुस १५ गते भण्डारीको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । संयोजक भण्डारीले बुधबार विज्ञप्ति जारी गरी नयाँ कार्यकारी समितिको निर्वाचन चाँडो गराउन लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

उनले बुधबार लैनचौरस्थित स्काउटको प्रधान कार्यालयमा केही अनाधिकृत व्यक्ति प्रवेश गरी  नियमित काममा रहेका कर्मचारीलाई काममा अवरोध गर्ने, आफ्नो कार्यकक्षमा होहल्ला गर्ने तथा कार्यालयको दैनिक कार्यसम्पादनमा असहजता सिर्जना गरेको भन्दै विरोध गरेका छन्।

Skip This
Skip This
Logo