सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

केन्द्रबिन्दु
0
Shares

सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दैछ। 

यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न १ पुस बिहीबार सेयरधनी बनिसक्नु पर्नेछ। 

सन्‌राइज बैंकले गत वर्षको नाफाबाट छ दशमलव ६५ प्रतिशत बोनस र कर तिर्न शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। बैंकले १५ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ। सभा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट आयोजना हुनेछ।

Skip This
Skip This
Logo