रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा राजीनामाकाे घाेषणा

रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा राजीनामाकाे घाेषणा

केन्द्रबिन्दु
0
Shares

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेद्वारी दिएका उनले प्रारम्भीक मत परिणाम आए लगतै राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले केही बेर अघि सामाजिक संजालमार्फत यसकाे जानकारी दिएका हुन्। उनले भनेका छन्ः

नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

Skip This
Skip This
Logo