नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट गगनकुमार थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन्।
शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेद्वार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन्।
त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमै निर्वाचित भएका छन्।
अन्य उम्मेद्वार मध्ये प्रकाशशरण महतले १५५० मतसहित तेस्रो स्थानमा रहे। यस्तै प्रदीप पौडेल भने १४०९ मतसहित चौंथो स्थानमा र मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गर्दै पाँचाैं स्थानमा रहे। राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।































प्रतिक्रिया